जीन्दगीको पर्खाइ: कविता
जिन्दगीले म संग अचम्मको खेल खेल्दै छ,
ऊ सँग समर्थक छन्
उसकै नियम छ,
ऊ आँफै निर्णायक छ।
म सँग कोहि छैन तर म आफू छु,
यत्ति चित्त बुझाएर बस्छु
म सही छु
पाइला आफ्नै छन्
हारेको छैन अझैं
हार मान्न पनि सक्दैन।
छरपस्ट छन् सपनाहरु
छरपस्ट पार्न पनि सक्दैन।
पर्खी न ए जिन्दगी कता दौडिन्छस् यसरी,
फर्केर हेर अनि सम्झ त
आफ्नो विगतको धरातल
यहाँसम्म आउँदा छोड्नेहरु
गुनासो संग नाता जोड्नेहरु
मेरो पुग्नु पर्ने गन्तव्य अलि टाढाको छ,
सपनाको थकाइ लाग्ला
एकै छिन आराम गर
संघर्षका नमिठा कुरा सुन्
अभाबको पोखरीमा डुब र
ऊ सँग समर्थक छन्
उसकै नियम छ,
ऊ आँफै निर्णायक छ।
म सँग कोहि छैन तर म आफू छु,
यत्ति चित्त बुझाएर बस्छु
म सही छु
पाइला आफ्नै छन्
हारेको छैन अझैं
हार मान्न पनि सक्दैन।
छरपस्ट छन् सपनाहरु
छरपस्ट पार्न पनि सक्दैन।
पर्खी न ए जिन्दगी कता दौडिन्छस् यसरी,
फर्केर हेर अनि सम्झ त
आफ्नो विगतको धरातल
यहाँसम्म आउँदा छोड्नेहरु
गुनासो संग नाता जोड्नेहरु
मेरो पुग्नु पर्ने गन्तव्य अलि टाढाको छ,
सपनाको थकाइ लाग्ला
एकै छिन आराम गर
संघर्षका नमिठा कुरा सुन्
अभाबको पोखरीमा डुब र
आह
ReplyDeleteधन्यबाद 🌺❤️
Deleteगज्जब लेखाइ
ReplyDeleteThank you 😊🙏
Deleteक्या बात
ReplyDeleteहार्दीक आभार 🙏😊
Deleteमिठो
ReplyDeleteधन्यबाद ❤️🌺🙏
ReplyDelete