कविताहरु

आँखाले हेर्नु र आँखा खुल्नु भिन्नै रहेछ,
सधैँ हेरिएका कुरा, वर परका कुरा
देखिएका हुँदा रहेनछन् |

आधि बाटोमा आँखा खुल्दा पो चेत आयो
बाटो पूरै गलत हिँडिएछ,
हिँडिसकेको बाटो फेरि हिंड्न नमिल्ने |

बिना अर्थ उचाईको पछि लागिएछ
जीवन त गहिराइमा हुदो रहेछ,
पहाडहरुले झुक्काउने रहेछन्
हो, भ्रमका पहाडहरुले
मेरो पहाड त आफैँभित्र पो हुँदोरहेछ 


                       -  पारस तिवारी 

               मिती ; २०८०/०९/१२ 

Comments

Popular Posts

जीन्दगीको पर्खाइ: कविता

मेरो २ शब्द 🙏