गजलहरु✍️🙏

गजल:१
..................🌺🙏..................
 हिजो केही गरौंला भन्दै दिन बिते
 अब कहिले मरौला भन्दै दिन बिते

 आउ लैजाउ तिम्रै नजिक भो पुग्यो
 खाली सबै भरौला भन्दै दिन बिते 

 ती माझिको जिन्दगी नाउँमै बित्छ 
 म ती खोली तरौला भन्दै दिन बिते 

 अचेल सब सकिएको छ जीन्दगीमा 
 मुठ्ठी धान कतै छरौला भन्दै दिन बिते
   ©पारस तिवारी (२०७८/०९/०३)
----------------------------------------------------------------------------🍀--------


गजल :२
..................🌺🙏...............................
तिमीलाई भेटि सानो कुरा भन्ने मन छ!
जिन्दगीको कथा पुरा भन्ने मन छ!!

मङ्सिर माघ गयो बैशाख यसै जाला,
कहिले ल्याउने पोते चुरा भन्ने मन छ!!

आफ्नाले नै घोच्दा धेरै दुख्छ मुटु,
नचलाऊ न वचन छुरा भन्ने मन छ!!

मदहोश हुने मन छ तिम्रो पिरतीमा,
तिम्रो माया मेरो सुरा भन्ने मन छ!

सँग सँगै बाँचौ बाँकी जीन्दगानी,
सम्हाली परिवार भुरा भन्ने मन छ!!!
पारस तिवारी (२०७८/०९/०३)
--------------------------------------------------------------------------🍀-----
गजल:३
....🌺🙏.................🌺🙏.......
पत्तै भएन यो समय कतिखेर गयो 
आधा समय कसैलाइ पर्खेर गयो 

सबैले यै भनुन् बिचरा मरेर गयो 
कसैले नभनुन् गजल लेखेर गयो

भनेकै थेँ खुल्ला किताब हुँ भनेर,
थाहा छैन कसले कति पढेर गयो 

कलम ठूलो हो भन्न एक शिक्षकले
कक्षामा सधै लठ्ठी बोकेर गयो ।

आजदेखी क्वै सम्झिन्न भन्दा भन्दै,
आजको दिन पनि सम्झिएर गयो । 
© पारस तिवारी
२०७९/१२/०५
--------------------------------------------------------------------------------🍀----

#_गजल__४✍️
..............✍️🌺....................🍀

छिटो आउ पछि आउँदा म नहुन सक्छु !
घाम ढल्केर जुन उदाउँदा म नहुन सक्छु !! 

लागेका तिता मिठा कुराहरु अहिलेनै भन,
भन्न मन लागेर सम्झाउँदा म नहुन सक्छु !!

दिल बन्दकी छ मेरो छोडेर अरु केहि माग,
मागेर पनि खुशि अन्माउँदा म नहुन सक्छु !!

जिन्दगी त्यति सजिलो कहाँ छ र झेल्नलाई,  
मनले भित्रैबाट मन पराउँदा म नहुन सक्छु !! 

आश गर टुटेको दिल त जोडिएला फेरि पनि, 
जोडिए पछि खुशि मनाउँदा म नहुन सक्छु !! 
© पारस तिवारी (२०७९/०९/३०)
-------------------------------------------------------------------------------🍀----
गजल:५
...................🌺🍀................................
कहिले बन्द हुन्छन कहिले हड्ताल हुन्छन देशमा,
बिकाशको नाउँमा आ आफ्नै जाल हुन्छन देशमा।

चुनाव जीतेर जानुपर्छ एक पल्ट नेताहरूले सदन,
बसन बनाएको कुर्चीनै फाला फाल हुन्छन देशमा।

हिंजो देश र बिदेशमा हिंड्ने झोले नेताहरू समेत,
एक दुई बर्ष भित्रमै धनले मालामाल हुन्छ देशमा।

गरिबका छोरा छोरीलाई जितायौं केहि होला भनी,
सत्तामा पुगेपछी उस्को नि उस्तै चाल हुन्छ देशमा।

हामी लाहुरमा बसेर पनि धेरैलाई नेता बनाएकाहौं,
जता गएपनि श्रमजीवीकोनै बुराहाल हुन्छ देशमा।

रिण माथि रिणछ देश नाङ्गेझार भएछ नेताले गर्दा,
जमिन पलाटिङ्ग हुँदा सधै अनिकाला हुन्छ देशमा
©पारस तिवारी (२०८०/०९/१८)
------------------------------------------------------------------------------🍀-----


Comments

Post a Comment

thansk for visiting

Popular Posts

जीन्दगीको पर्खाइ: कविता

मेरो २ शब्द 🙏